महोत्तरी – निर्वाचन नजिकिदै गर्दा महोत्तरीका स्थानिय सरकार राजनैतिक दल र जनप्रतिनिधि कै घेराबन्दीमा पर्न थालेका छन ।
स्थानिय सरकारले गरेका राम्रा कामलाइ समेत निस्तेज बनाउने गरी प्रतिपक्षको भुमिकामा बसेका राजनिती दलहरु महोत्तरीमा यतिवेला चरणबद्ध आन्दोलन गरिरहेको आरोप छ ।



स्थानिय सरकारको कार्यकाल सकिनै लाग्दा सत्तारोहनका लागी सर्वसाधारणलाइ उचालेर सत्ताको स्वाद चाख्न नपाएका राजनिती दलहरु कतिपय ठाउँमा सयुक्त आन्दोलनमा समेत लागीरहेको जानकारहरु बताउछन ।
जिल्लाको औरही नगरपालिकामा ५ दलले स्थानिय सरकारका विरुद्ध २९ पुसदेखी सयुक्त आन्दोलन जारी राखेका छन । उनिहरुले राखेका माग मध्य कतिपय जायज माग छन भने कतिपय पूरा हुनै नसक्ने मागहरु छन । सर्वसाधारण र आफुनिकट ब्यक्तीहरुलाइ जम्मा गरी नगरपालिकाको मुल गेटमा धर्ना तथा जुलुस गर्नु उनिहरुको दिनचर्या बनेको छ ।
अझ अचम्म लाग्दो त बिषय त काहाँनिर छ भने जनप्रतिनिधिहरु नै स्थानिय सरकारबिरुद्धको यो आन्दोलनलाइ सघाइरहेका छन ।
`कार्यापालिकाको बैठकमा भएका निर्णयहरुमा सहमत जनाएर टेबल ठटाएर बाहिर निस्कने अनि बाहिर निस्केपछी सरकार कै बिरोध गर्ने जनप्रतिनिधिहरुको महोत्तरीमा संस्कार नै बनिसक्यो ।´ समाजसेवी संकर फुयाल बताउछन ।
स्थानिय सरकारको निर्वाचनमा सरकारका कमजोरी पहिचान गरी प्रहार गरे सत्तारोहनमा सजिलो हुने आकलन गरेका नेताहरुले यस्लाइ नै यतिवेला मुख्य हतियार बनाउन थालेका छन ।
कार्यापालिकाको मुख्य सक्तीकोरुपमा रहेका पालिका प्रमुखहरुको कमजोरी र सक्ती दुरुपयोगलाई वडा अध्यक्षहरुले समेत हतियार बनाइ सक्तीकेन्द्रमा प्रवेश गर्ने फास्टट्र्याक खोजिरहेको देखिएको छ ।
एक कार्याकाल वडा अध्यक्षको रुपमा बिताएका अध्यक्षहरु यो निर्वाचनमा फेरि वडा अध्यक्षमा नै दोहोरिन चाहदैनन । पाटीले टिकट दिए पालिकाप्रमुखमा नै लडने कतिपय जनप्रतिनिधिहरुको भनाइ छ ।
` आफुले बनाएको बिकाशको मार्गचित्र अध्यक्षको भुमिकावाट गर्न नसकिने हुदा पालिकाप्रमुख बाहेक अन्य कुनैपनी निर्वाचनमा उम्मेदवार नदिने अठोट गरेको छु ।´ बर्दिबास-३ का वडा अध्यक्ष राजन ढुङगनाले भने ।
त्यसो त फरक-फरक पाटीवाट बनेका जनप्रतिनिधिहरु पनि उहीँ अफवाहलाइ फैलाएर जन्तालाइ भ्रमित गर्न सके जनमत आफ्नो पक्षमा पार्न सकिने भन्दै अनौठो प्रचारप्रसार लागीपरेका छन ।
`कार्यापालिकाको हरेक बैठकमा सहभागी हुने, भित्र बिरोध नगर्ने अनि बाहिर निस्केपछी आफै बिरोध गरे जसरी जन्ताको सहानुभुती बटुल्ने जनप्रतिनिधिले नै अहिले जन्तालाइ धोक्का दिइरहेका छन ।´ बर्दिबास नगरपालिकाका जनप्रतिनिधि तथा वडा सद्स्य निरोज अधिकारी बताउछन । `जनप्रतिनिधिको हैसियतलाई भुलेर सहानुभुती बटुल्न तल्लोस्तरमा गिरेको समेत पत्तो नपाउने, योजना र भिजन शून्य भएका जनप्रतिनिधिले अहिले हरेक पालिकामा जन्तालाइ धोक्का दिइरहेका छन अब सवै जनाले उनिहरुलाइ पहिचान गरी बहिष्कार गर्ने बेला आएको छ ।´ उन्ले भने ।
कसैले बिकाशको मार्गचित्र परिकल्पना गरे त्यस्ले बिपक्षीहरुको राजनैतिक भबिष्य नै खत्तम गर्न सक्ने खराव सोचको कारण निर्थक आन्दोलन चलिरहेको संघिय संसद तथा पुर्व सिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणी पोखरेलको बुझाइ छ । ` बिकाश निर्माणका हरेक कार्यमा सवैको साझा सहमती हुनुपर्छ ।´ उनी भन्छन ।
पिपरा गाउँपालिका र औरही नगरपालिकामा आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न औपचारिक आन्दोलनको सुरुवात भएको जानकारहरु बताउछन । पिपरा गाउँपालिकाका पालिका प्रमुख बिक्रम चौधरी र औरही नगरपालिकाका सुनिल यादवले अनियमितता र भ्रष्टाचार गरेको उनिहरुले आरोप लगाउदै आएका छन ।
चुनाव नजिकिदै गर्दा मट्टीहानी, बर्दिबास, गौशाला, रामगोपालपुर लगायतका ठाउँहरुमा साइवर जत्था खडा गरेर बदनियत ढङगवाट अफवाह फैलाउन लागीपरेको जनप्रतिनिधिहरुको दावी छ ।
`स्थानिय सरकारले गलत ढङ्गबाट कयौ गल्ती नगरेको पनि हैन उनिहरुको गल्तीलाइ प्रतिपक्षमा बसेर खुडकिला-खुडकिलामा नजरअन्दाज गरेका छन अनि बिरोध चै अन्तिम समयमा, यो राम्रो कुरा हैन ।´ सिक्षक मनोज बस्नेत बताउछन ।
काम गरेर लोकप्रिय बनेका कतिपय पालिकामा फेरि उहीँ पात्र दोहोरिनेमा प्रतिपक्षमा बसेर राजनिती गरिरहेका राजनैतिक दलहरुलाइ डर छ । `जहाँ लोकप्रिय सरकार छ त्याहा आन्दोलन बढी भैइरहेको छ ।´ राजनैतिक बिश्लेसकरु बताउछन ।
कतिपय जनप्रतिनिधि पाटीले स्पेस नदिएको भन्दै स्पेस खोज्न कै लागी अन्य पाटीमा लागीरहेको देखिन्छ । माओबादी केन्द्रवाट निर्वाचित भएका फाल्गुन सुस्लिङ्ग मगर, शेष फारुक लगायतका जनप्रतिनिधि अहिले माओबादीवाट नै भेदभावमा परेको बताउदै नेकपा एमालेमा प्रवेश गरोसकेका छन ।
गलत बिषयलाइ खवरदारी गर्नु र बिकाशको नया मार्गचित्र बनाउनु जनप्रतिनिधिको दायित्वभित्र आउँछ तर आफू मातहतको पाटीलाई प्रचार गर्ने ढङगवाट कार्यापालिकाको बैठकमा हस्ताक्षर गरी बाहिर निस्केपछी बिरोध जनाउने जनप्रतिनिधिहरु मानसिकरुपमा बिचलन भएर आत्मसमर्पण गरेका दरिद्र जस्तै भएको भन्दै जनप्रतिनिधिको चरित्रमाथी प्रश्न उठाउछन सामाजिक अभियन्ताहरु ।




