जनकपुरधाम : मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेका लागि सार्वजनिक विदाको घोषणा गरेको छ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।



संचार मन्त्री साहले आज शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।
विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निणर्य गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
https://www.facebook.com/shirishnews2020/videos/1187344721802279






