देशमा अहिले स्थानीय निकाय निर्वाचनको तयारीमा अगाडी बढी सकेको छ । नेपाली काँगे्रस भने अहिले पनि बाँकी रहेको १६ वटा जिलाको अधिवेशन गर्नमा आफ्नो ध्यान केन्द्रित गरेको छ । १६ मध्ये मधेश प्रदेशका ८ वटा जिलामा अधिवेशन हुन पाएको थिएन ।
बिभिन्न जिलाहरुले आफ्नो अनुकुलता अनुसार अधिवेशन मीति तय गरेको छ । महोत्तरी जिलामा हिँजो मात्र तीन वटा प्यानल बाट जिलाका नेताहरुले मनोनय दर्ता गराउनु भएको छ । जिलामा बजरंग नेपाली, नागेश्वर यादव र सुशिल यादव समुह अधिवेशनमा होमिसक्नु भएको छ । जलेश्वर सदरमुकाम अहिले अधिवेशनमय देखिएको छ । जलेश्वरका हरेक चिया पसल र पान पसलमा जिला अधिवेशनबारे आम चासो देखिएको छ ।




निवेश मण्डल (बायाँ) र प्रकाश पाठक (दायाँ)
महोत्तरीका पन्द्रह वटै पालिकामा काँगे्रसको अधिवेशन महसुस गर्न लायक छ । केही उमेदवारहरु कति दर्जन गाडीको लस्कर सहित प्रदर्शन गर्दा आफ्नो प्रभाव देखाउन सकिन्छ भन्ने ध्येयका साथ शक्ति प्रदर्शनलाई अग्रस्थान दिएको बुझिन्छ ।
जिला अधिवेशनमा एउटा चर्चा ब्याप्त छ । त्यो हो ‘नेता त बजरंग नेपाली है’ अर्थात नेता त बजरंग नेपाली नै हुनुहुन्छ । महोत्तरीको चार वटै क्षेत्रमा नेपाली काँगे्रस लाई निश्पक्ष भावले बुझेका आम कार्यकर्ताले तीनै जना क्यान्डीडेटको राजनीतिक छबीको बारे जिज्ञ्यासा राख्दा, नेता त बजरंग नै हो भनी प्रतिक्रिया सुन्न पाइन्छ । यद्धपी अन्य दुई प्रत्याशीको राजनीतिक छबी लाई मात्रात्मक हिसाबले ब्याख्या नगरियोस भन्ने आग्रह । २० गते हुनलागेको जिला अधिवेशनमा बजरंग नेपाली र नागेश्वर यादवका बीच कडा प्रतिश्पर्धा हुने एउटा सर्वेक्षणले देखाएको छ । यद्धपी सुशील यादव सँग बीस वर्ष जिला सभापति चलाएका महेन्द्रकुमार यादव जस्तो अनुभवी नेताको आशिर्वादको महत्वलाई नकार्न मिल्दैन ।
प्रश्न आउँछ फेरी पनि किन ‘नेता त बजरंग नेपाली है’ भन्ने चर्चा उठ्यो त ? यसबारे चर्चा गर्दा सबैभन्दा पहिला यो बुझ्नु पर्यो की यस्तो चर्चा गर्ने कस्ता ब्यक्तिहरु छन् ? जलेश्वर नगरपालिका को चौरिया जन्मथलो भएका बजरंग बिगत १४ वर्ष देखि निरन्तर जिला सदरमुकाम मा बस्दै आएका छन् ।
जलेश्वर भौगिलिक हिसाबले जिलाको दक्षिण भागमा भारतको सिमासँगे जुडेको छ । महोत्तरी जिलाको क्षेत्र नं १ लाई हाटबजार गर्नको लागि बर्दिबास छ, जलेश्वर भन्दा बढी मधेश प्रदेशको राजधानी जनकपुर उनिहरुको घरपायक जस्तो छ । क्षेत्र नं. ४ का जनताको लागि जलेश्वर सहज छैन्, दुरीको हिसाबले । यस्तै क्षेत्र नं. २ का लोहरपटी, बल्बा, भंगहा पालिका का जनताहरुलाई जनकपुर सहज लाग्छ हाट बजारको लागि । तर जिला प्रशासन, जिला पहरी कार्यालय, जिला अदालत जस्ता थुप्रा सरकारी अड्डाहरु छन जो सँग आम जनताको सिधा सम्पर्क हुन्छ । अर्थात स्थानीय तह जती अधिकार सम्पन्न गर्ने प्रयाश गरिएको भएता पनि कुनै न कुनै कामले सदरमुकाम धान्नै पर्ने बाध्यात्मक अवस्था अहिले पनि छदैँछ । जमिनसँग जुडेर प्रजातन्त्र ल्याउनका लागि संघर्ष गर्नुभएका स्व. गणेश नेपालीका छोरा बजरंग पनि जमिनको महत्व बुझेका छन् । सदरमुकाम आउने पार्टीका सामान्य कार्यकर्ताहरु लाई सम्भव सबैखाले सहयोग गर्ने मौका पाएका छन् । स्वभावले स्पस्ट बजरंग आफ्ना कार्यकर्तालाई मनपेटले सहयोग गर्छन् । हो, काँगे्रसभित्रका गैरसम्भ्रान्त डेलिगेटहरुको सदभाव बजरंग नेपाली सँग रहेको छ । कलिलो उमेर देखि नै सक्रिय राजनीतिमा समय व्यतित गर्दै आएका बजरंग लाई महोत्तरी जिलाको १३६ वटै वडामा चिन्नेहरुको संख्या अधिक छ ।
सामान्य कार्यकर्ता देखि डेलिगेटहरु सँग बजरंगको व्यक्तिगत सम्बन्धले पनि ‘नेता त बजरंग नेपाली है’ भनी चर्चाको आधार बनेको छ ।
प्रजातन्त्र प्राप्तीका लागि बुवा गणेश नेपाली र माता दाना देवीको सम्र्पण, त्याग, निष्ठा र कष्टमय यात्रा कै प्रभाव होला, बजरंग दश वर्षको उमेर देखि नै नेपालमा लोकतन्त्रको महत्व लाई जीवनको दर्शनको रुपमा ठम्याए । बुवा-आमा दुबैजना विशेश्वर प्रसाद कोइरालाको हातबाट नेपाली काँगे्रसको सदस्यता ग्रहण गर्नुभएको छ ।
दर्जनौ पटक थुनामा परी पंचायतको कोरा खाने बजरंग आफ्नो राजनीतिक जीवन यात्रामा तीन वर्ष जलेश्वर कारागारको यात्रा तय गरिसकेका छन् ।
२०४१ सालमा नेपाल विद्यार्थी संघको जिला सचिब बनेका बजरंग २०४४ देखि ०४८ सम्म नेपाल विद्यार्थी संघको जिला सभापति भएका थिए । आफ्नो स्कूले जीवन पश्चात जनकपुरको रामस्वरुप रामसागर कलेज पढ्न जाँदा विद्यर्थी हकहितका लागि आवाज उठाउन छाडेनन् । शिक्षा क्षेत्रमा पंचायती मानसिकताको अवशेष सफा गर्नको लागि स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिकारुपमा लोकतान्त्रीक विद्यार्थी नेताहरुले बजरंग लाई लायक ठाने निर्वाचित गरे उक्त कार्यकाल २०४९ देखि ०५१ सम्म रह्यो । त्यसैगरि २०५२ सालमा उनि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेर आफ्नो भूमिका निर्वाह गर्दै गए । बजरंगको अध्यनशिलता र राजनीतिक चेतको बलमा अहिलेसम्म पाएका भूमिका सफलतापूर्वक निर्वाह गर्दै आएका छन् । बजरंगको यस्तैखाले सक्रियताले उनका पुस्ता र समकालिन साथीहरु बनाउन सफल भए ।
आज नेपाली काँगे्रसमा आएका उपसभापति देखि महामन्त्री र अन्य केन्द्रीय स्तरका नेताहरु बजरंगमा काँगे्रस हाँक्ने विश्वास देख्छन् । शेखर कोईराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग, मिनेन्द्र रिजाल लगायत अहिले काँगे्रसमा देखिएका प्रगतिशिल ४० प्रतिशत उर्जा को बैचारिक आधारको ओज बोक्ने सक्षम उमेदवारको रुपमा बजरंग लाई नै देख्छन् । महोत्तरी क्षेत्र नं. ३ को अधिवेशन थाती राखी बजरंग नेपाली लाई महाधिवेशन प्रतिनिधी बन्न नदिई सभापतिको उमेदवार हुनबाटै छेक हाल्ने अन्य समुहको रणनीति बजरंगले तोडेर आफ्नो रजानीतिक व्यत्तित्वको परिचय दिनुभएको छ । बजरंग लाई घेर्न कथित दुई पुरानो नेताले रच्नु भएको ब्यूह तोड्न सफल बजरंग प्रति सदभाव राख्ने गगन थापा, विश्व प्रकाश शर्माहरुको सदभावले बजरंगको मनोबल बढाएको छ । केन्द्र देखि जिलासम्म बिभिन्न बिचारधारा बोक्ने सबैले बजरंगलाई सहजताका साथ ‘नेता’भनी सम्बोधन गर्छन ।
भोली चुनाव छ । प्यानल तीन वटा भएपनि महोत्तरीको ४ वटै क्षेत्रमा बजरंग नेपालीको व्यत्तित्वको मूल्याङ्कन गरेर बसेका रुपान्तरणकारी मतदाताहरु उत्साहित छन, बजरंग जिताउ अभियान मा । महोत्तरी ३ नं. क्षेत्रका मतादाताहरुले मन खोलेर बजरंग नेपाली लाई मतदान गर्ने मुड बनाइ सकेका छन् । क्षेत्र नं. ३ मा नेपाली काँगे्रसको भविष्य उज्जवल बनाउन बजरंग सँग धेरैले आशा राखेर भन्दैछन् ्, नेता त बजरंग नेपाली है !




