जनकपुरधाम- नेपाली कांग्रेसको स्थानीय चुनाव लक्षित घरदैलो कार्यक्रम शुरु गरेको छ। ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित कांग्रेसले अभियान थालेको हो।
आज दिउँसो एक बजे एक साथै देशभरिका स्थानीय तहमा यो अभियानको उद्घाटन गरिएको हो।



अभियानअन्तर्गत देशका विभिन्न जिल्लामा जनताकाे घरदैलोमा पुगेर कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्ताहरूले अपिल गरेका छन्।
देशका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ।




