काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज मध्यरादेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँका दरले बढाएको हो।
बढेको मूल्यअनुसार पेट्रोलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल अब १ सय ३८ रुपैयाँ पुगेको छ।








