पुरूषलाई सभ्य र महिलालाई चरित्रहीन देख्छ यही समाज
छोरालाई सुनपानी छर्दै र बुहारीलाई छाडा देख्छ यही समाज
पुरुषलाई बहादुरको पगरी ओढाएर घरमा लुकाएर राख्ने अनि
कुलती छोरालाई सज्जन देखाई बुहारीलाई खेदछ यही समाज



श्रीमती मरे घरबार चल्दैन भनि विवाह गर्न सुझाब सल्लाह दिने
तर श्रीमान् मर्दा इज्जत जोगाउनुछ दबाबले छेक्छ यही समाज
कहिले चरित्रलाई त कहिले शरिरमा लगाएको कपडानै दोषी रे
पुरुषले लगाएको कपडामा महिला ढल्दैन के हेर्छ? यही समाज
सधैंभरि पुरुषको गुनगान गाएर मात्र समाज सभ्य बन्दै -बन्दैन
महिलालाई कम्जोर बनाउन कुरा र कानुन फेर्छ यही ससमाज
-इन्दिरा बस्नेत




