जनकपुरधाम- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनता बीच जाने र कुनै पनि दल संग चूनावी तालमेल नगर्ने स्पष्ट पारे ।



लिङ्देनले अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दावी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे ।
लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट ्रसमेत घोषणा गर्ने बताए । उनले भने, ‘राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनस्र्थापना गर्ने थियो।’
अध्यक्ष लिङदेनले राजसंस्था स्थापनाको निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने वित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना हुने बताए ।
उनले नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको जनाए।
धनुषाको विरन्द्रबजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन आएका हुन् ।




