गठबन्धनलाई कुरा काटन तँ छाड म छाड छ अर्का बालाई उखान टुक्का छाँटन फटाफट छ । पहिलो एमाले संग अहिले कांग्रेस संग लम्पसार पदको लोभमा अभिवादन साटन छटपटाहट छ । कहिले लाल सलाम त कहिले जय नेपाल है भन्दै आजभोलि मतदाताको दिमाग चाटन चिच्याहट छ । आफुले गर्ने कुरा घोषणापत्र र संकल्पपत्र राख्नु पर्ने तर झुटो संकल्प पत्र बाँडेर भोट काटन खचाखच छ।




