धनुषा- जनकपुरधाम स्थित होटेलबाट पक्राउ परेको भनिएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् ।
उनले आफुमाथि लागेको आरोप निराधार रहेको र यसलाई खण्डन गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको समेत बताएका छन् ।
उनले जनकपुरधाममा केही गुन्डाहरुले आफुसँग अभद्र व्यवहार गर्ने प्रयास गरेको र प्रहरीले सुरक्षा दिएर आफुलाई त्यहाँबाट निकालेको बताएका छन् ।
अध्यक्ष अन्सारीले आफुमाथि लागेको आरोप लगत रहेको भन्दै तीनबजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । बिहिवार होटेल सिताशरण होटेलमा अध्यक्ष अन्सारीले मतदातालाई प्रभावमा पार्नका लागि पैसा वितरण गरेको भन्दै केही व्यक्तिहरुले घेराउ गरेका थिए ।
धनुषा प्रहरीले पनि अध्यक्ष अन्सारीलाई नियन्त्रणमा नलिएको सुरक्षा दिएर एयरपोर्ट सम्म पुर्याएको जनाएका छन् ।
[embed]https://www.facebook.com/sahil.ansari.7587/videos/725161125275229[/embed]




