विशाल बस्नेत, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ ।
गौशाला नगरपालिका वडा नम्बर ९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथवाट दुई वटा मतपत्र फेला परेपछी विवाद चर्किएको हो ।



जसका कारण करिव १ घण्टादेखी मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानियले दिएको जानकारी अनुसार फेला परेको २ वटा मतपत्र मध्य एउटा नमुना मतपत्र रहेको छ ।
अहिले घटनास्थलमा थप सुरक्षाकर्मी पुगीसकेका छन । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले उम्मेदवारका समर्थक र प्रतिनिधिविच विवाद सावधानको लागि छलफल भैइरहेको वताए ।




