गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
कुल १ हजार मतको गणना हुँदा वडाध्यक्षमा जसपाले २५१, नेकपा माओवादी केन्द्रले १४१, लोसपाले ८४, नेपाली काँग्रेसले २३६ र जनमत पार्टीले ५३ मत ल्याएका छन् ।



यस्तै, मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ३३४, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले १३३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ९२, नेपाली काँग्रेसले १७३ र जनमत पार्टीले ९६ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा जसपाकी पिंकी कुमारी साह ३२५, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले १३९ र लोसपाकी लाल कुमारी लामाले ९१, नेपाली काँग्रेसले १७८ र जनमत पार्टीले ८३ मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।




