बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
गौशाला नगरपालिका वडा नम्बर १ र ३ को मतगणना सम्पन्न भएको छ भने वडा नम्बर २ र ४ को मतगणना जारी रहेका छन् ।
अहिले सम्म कुल ८ हजार ९ सय ४२ मतको गणना हुँदा मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले २९२७, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ११७९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले १०३९, नेपाली काँग्रेसले १६५८ र नेकपा एमालेले ६७१ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी २४२२, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ९८३ र लोसपाकी लाल कुमारी लामाले ९६५, नेपाली काँग्रेसकी सुसिला देवी १२७६ र एमालेकी राज कुमारी श्रेष्ट ५०५ मत ल्याएका छन् ।


