जनकपुरधाम- धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाका नव नगर प्रमुख सुखदेव यादवले आज पदभार ग्रहण गर्दै जेष्ठ नागरिक, सुत्केरी र अशक्तअपांगलाई जिल्लभरि निःशुल्क एम्बुलेन्स सेवा, घरबाटाे जग्गा र चारकिल्लाकाे सिफारिस निःशुल्क र नगर भित्रकाे किसानले पालेका पशुकाे बिमा पालिकाले गराई दिने पहिलो तीन निर्णय गरेका छन्।
नगरपालिकाभित्र बसोवास गर्ने आमा र बच्चा दुवैको स्वास्थ्यलाई मध्येनजर गर्दै सुत्केरी तथा जेष्ठ नागरिक र अशक्त अपांगलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख यादवले जनाए ।
त्यसैगरी नगर प्रमुख यादवले यश पालिका जनता कृषिमा निर्भर भएको हुँदा किसानले पालेका पशुहरूकाे तथ्यांक संकलन गरि नगरपालिकाले पशुविमा गराईदिने निर्णय गरिएको बताए ।
जनताको स्वास्थ्य सबभन्दा पहिलो आवश्यकता रहेकोले नगर प्रमुखकाे जिम्मेवारी लिए लगतै प्रमुख यादवले स्वास्थ्य केन्द्रित र किसानकाे लागि लोकप्रिय निर्णय ल्याएकोमा नगरवासी खुशी छन्। नगरप्रमुख यादवले गरेको पहिलो निर्णय नै स्वागतयोग्य रहेको स्थानीयको भनाइ छ ।





