औरही – महोत्तरी जिल्लाको बर्दिवासस्थित मोटरसाईकल (मोसा) ले ठक्कर दिएपछि एक जना पैदलयात्रीको मृत्यू भएको छ ।
शुक्रबार राति बर्दिवास नगरपालिका वडा नम्बर ४ बिश्वकर्मा चौक स्थित पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ज.१० प ५०६० नम्बरको मोटरसाइकलले नाम थर वतन नखुलेको अन्दाजी २९ वर्षको पैदल यात्रीलाई ठक्कर दिएको थियो ।



ठक्करबाट सख्त घाईते भएको तत्कालै घाईतेलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिवासमा लगिएको र उपचारको क्रममा सोहि अस्पतालमा मृत्यु भएको ईलका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
मृतक पैदल यात्रीको हाल सम्म पहिचान नखुलेकोले मृतकलाई चिनु हुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बर्दिबासमा जानकारी गराई दिनु हुन कार्यालयले अनुरोध गरिएको छ




