जनकपुरधाम – सार्वजनिक विदाका दिन चलाइएका सरकारी सबारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन शुरु गरेको छ।
विदाका दिन पनि सरकारी सबारी चलाएको पायएपछि जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।



शनिबार र आईतबार गरी १४ वटा सरकारी सबारीसाधनलाई नियन्त्रणमा लिएर राखिएको धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनले नियन्त्रणमा लिइएका सबारीसाधनलाई राखिएको र कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।
पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले सरकारले पछिल्लो पटक शनिबार र आईतबार गरी दुई दिन सार्वजनिक विदा दिन थालेको छ ।
तर विदाका दिन पनि सरकारी सबारीसाधन गुडेको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्काउन थालेको छ।
‘हामीले नियन्त्रणमा लिएको ठाउँ आसपासमै ती सबारीसाधनलाई होल्ड गरेर राखेका छौं’ उनले भने, ‘कार्यालय खुल्ने दिन मात्रै सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौं ।’




