सर्लाही : कान्तिपुर हाफ म्याराथनको ३ किलोमिटरको ह्विलचियर रेसमा सर्लाहीका दान बहादुर थिङ तेश्रो भएका छ्न्। उक्त म्याराथन “जलबायु परिबर्तन” नाराका साथ आयोजित गरिएको थियो।
सो म्याराथनको दसौं संस्करण अन्तर्गत शनिबार भएको दौडमा सर्लाही लालबन्दी नगरपालिका १५ देउरालीका थिङ्ग तेश्रा हुनुभए सङै उनले १० हजार नगद पुरस्कार प्राप्त गरे।



उक्त दौडमा रमेश खत्री प्रथम भएका छन्। खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। यस्तै प्रेमबहादुर विक द्वितीय हुनुभएको छ । उहाँले १४ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गरे। त्यस्तै तेश्रो हुनुभएका सर्लाहीका थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए।
ह्विलचेयर रेस महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो भए। शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ। यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरे।
दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क थियो। ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुनः थापाथलीमै आएर सकिएको थियो।




