महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नम्वर १० बटौवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई १.५ कठ्ठा जग्गा नि:शुल्क सहयोग गर्ने जग्गादातालाई सम्मान गरिएको छ ।
गौशाला नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष विष्णु कुमार महतो(मुकेश)ले सोही वडा बस्ने समाजसेवी श्री प्रसाद मण्डललाई एक कार्यक्रम बीच सम्मान गरेका हो ।
मण्डलले सोही वडा अन्र्तगत पर्ने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई करिब १० लाख मुल्य पर्ने १.५ कठ्ठा जग्गा उपलब्ध गरेका थिए । एक समारोहका बिच जग्गादाता मण्डललाई अभिनन्दन गरेका छन् । अभिनन्दन कार्यक्रममा वडाध्यक्ष महतोले जग्गदाता मण्डललाई सम्मान–पत्र हस्तान्तरण सहित धन्यवाद व्यक्त गर्नु भएको छ ।
सोही अवसरमा व्यवस्थापन समिती बिहिन रहेका स्वास्थ्य सेवा केन्द्रको लागि व्यवस्थापन समिति चयन गरिएको छ । व्यवस्थापन समितिको अध्यक्षमा विष्णु कुमार महतो उपाध्यक्षमा शिवसती कुमारी मण्डल, सह–सचिवमा बिनोद साह, सदस्यहरुमा भरत साह, बबिता महतो, सरिता कुमारी महतो र नागेन्द्र महतो रहेका छन् ।




