महेन्द्रनगर- नेपाल विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत पर्ने धनुषाको केही पालिका र क्षेत्रमा तीन दिन विद्युत लाईन सप्ललाई अवरुद्ध हुने भएको छ ।
सखुवा महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत ११ के.भी. महेन्द्रनगर फिडर, गोदार फिडरको दिगम्वरपुर एरिया, लालगढ फिडरको बटेश्वर एरियामा भदौ २ देखि ४ गतेसम्म ३ दिन विद्युत लाईन सप्लाई अवरुद्ध हुने जनाएको छ ।



सखुवा महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत ११ के.भी. महेन्द्रनगर फिडर, गोदार फिडरको दिगम्वरपुर एरिया, लालगढ फिडरको बटेश्वर एरियामा बुस कटिङ्ग र जिर्ण तथा ईन्सुलेसन कम भएका डिस्क पिन बदली गरी लाईन मर्मत संभार गनुपर्ने भएकोले भदौ २,३ र ४ गते विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत लाईन अवरुद्ध हुने सखुवा वितरण केन्द्रका प्रमुख रोशन कुमार सिंहले जानकारी दिनुभयो ।
वितरण केन्द्रका अनुसार भदौ २ गते विहान ७ बजेदेखि २ बजेसम्म बटेश्वर, भुईचक्रपुर, धुमासन, चित्रपुर, डालाखारी, कार्तिककुमर, पाटो टोल, दिगम्वुरपुर र ईच्छापुर लगायतको एरियामा विद्युत लाईन अवरुद्ध हुनेछ ।
यस्तै भदौ ३ गते लक्ष्मीनिवास, नक्टाझिज, महेन्द्रनगर, हरैया, रमदैया, बनिनियाँ, सपही, हारसर लगायतको एरियामा विद्युत लाईन अवरुद्ध हुने छ भने ४ गते लक्ष्मीनिवास, नक्टाझिज, महेन्द्रनगर, हरैया, रमदैया, बनिनियाँ, सपही हारसर लगायतको एरियामा विद्युत लाईन अवरुद्ध रहने वितरण केन्द्रले जनाएको छ ।




