जनकपुरधाम- मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवारको टुंगो लगाएको छ ।
मंगलबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय सदस्यको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फको लागि २७ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले बताए ।
माओवादीले धनुषाको निर्वाचन क्षेत्र नम्बर-१ का मा प्रतिनिधिसभा तर्फ मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) का लागि जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ (ख) का लागि प्रत्यक्षमा प्रदेशसभातर्फ सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको धनुषा संयोजक यादवले बताए ।
त्यस्तै, क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस भएको छ भने प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलसहित ४ जनाको नाम सिफारिस भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा तर्फ सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस भएको छ भने प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा अनिल पासमान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) मा प्रत्यक्षतर्फ महेश यादवको एकल नाम सिफारिस भएको छ।
त्यस्तै, क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभामा ४ (क) बाट अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।




