अमृत कुमार महतो/बिजयकुमार सिंह,बर्दिबास। कुरो २०७२ सालको हो । जतिखेर तराईमा मधेश आन्दोलन चर्किएको थियो । तराईका धेरैजसो भूभाग आन्दोलन प्रभावले ठप्प थियो । त्यो बेला मधेश प्रदेशको मध्य भागमा पर्ने बर्दिबासमा सवारी आवागन, बजार, शिक्षण संघ लगायत सबका सब सहज झैं थियो ।
आन्दोलनले पनि नछुनुको पछाडिको कारण थियो,–बर्दिबास उद्योग बाणिज्य सघंको असल नेतृत्व । व्यपार संघ २०७० सालको निर्वाचनबाट आएको उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीको टिमले बर्दिबासको व्यपार, व्यवसायलाई आन्दोलनमा पनि खुल्ला राखि राजनितिक दल र स्थानीयको सहयोगमा देशैभरी बर्दिबासलाई चिनाएको थियो ।

भारतले गरेको नकाबन्दीमा पेट्रोल, डिजल, ग्यास र दैनिक उपभोग्य बस्तुको हाहाकार हुँदा पनि बर्दिबासबासीलाई निकै पहल गरेर उपलब्ध गराएको थियो । बर्दिबास नापी, मालपोत, यातायात कार्यालयको संचालनमा निकै ठूलो भूमिका खेलेको थियो । कोरोना महामारी, प्राकृतिक प्रकोप लगायतमा जहिले पनि उद्योग बाणिज्य संघ अघि बढेर सहयोग गरेको थियो । कोरोना महामारी, संगठनको स्वरुप परिवर्तन गर्ने प्रयासका कारण आवधिक निर्वाचन गराउन नसकिएको वर्तमान भवभान खतिवडा बताउँछन् ।
अहिले बर्दिबास उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको चुनाव पौष ५ गते भइरहँदा पुरानो समितिले कुनै काम गरेनन् भन्ने विपक्षीको प्रश्नमा वर्तमान कार्यसमितले आफ्नो कार्यकालमा गरेको २८ वटा फरक फरक समाजिक रचनात्मक कामको विवरण मिडिया मार्फत सार्वजनिक गरेको छ ः
१.भाडाको भवनबाट बर्दिबास उद्योग बाणिज्य संघलाई आफ्नै घरमा कार्यालय व्यवस्थान ।

२. मटिहानी उद्योग बाणिज्य संघको उपशाखा बर्दिबास रहेकोमा बर्दिबास उद्योग बाणिज्य संघलाई मधेश प्रदेश, संघ हुँदै केन्द्रीय महासंघमा आबद्ध ।
३. टिके प्रथाबाट प्रतिनिधि छनौटको अन्त्य गर्दै प्रजातान्त्रिक प्रतिस्पर्धामा रुपान्तरण ।
४. झोलामा रहेको व्यपारीहरुको अभिलेखलाई कप्म्युटर प्रणालीमा रुपान्तरण ।
५. व्यवसायीहरुले कर तिर्न जनकपुर जानु पर्ने बाध्यात्मक अवस्थाको अनत्य गर्दै बर्दिबासमा करदाता कार्यालयको स्थापना ।
६. राजस्व भौउचर भर्नका लागि लालबन्दी र जनकपुर धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै बर्दिबासमै सो सेवा उपलब्ध ।
७. व्यवसायी र घरधनीहरु बीच हुने असमझदारी एवं विवादहरुलाई आफ्नै कार्यालयको प्रयासमा ९० प्रतिशत समस्याहरु मिलापत्र गराउन सफल ।
८. बर्दिबासका उद्यमी व्यवसायीहरुले आफ्नो क्षमता भन्दा माथि उठेर स्वास्थ्य सेवा व्यवसायलाई माथि उठाउन ब्लड बैंक स्थापनामा सहयोग गरि मार्फत समग्र मानवतामाथि नै गुण लगायो ।
९. मधेशमा आन्दोलनले जनजीवन ठप्प भएको बेला आपूर्ती सहज राखेर बर्दिबास उद्योग बाणिज्य संघले देशभरी मानवताको सन्देश दियो ।
१०. सरकार आफैले यातायात कार्यालय, मालपोत, नापी कार्यालय, करदाता सेवा कार्यालय स्थापान गर्ने निर्णय गरेर पनि कार्यान्वयन गराउन नसेको अवस्थामा बर्दिबास उद्योग बाणिज्य सघले जलेश्वर र जनकपुरबीच पूलको काम गरेर ती कार्यालयहरुलाई संचालन गर्ने कामको नेतृत्व ग¥यो ।
११ बर्दिबास उधोग बाणिज्य संघले आयोजना गरेको व्यपार मेलाबाट उठेको रकम मध्येबाट महोत्तरी नेत्रहिन संघको सेवा भवन निर्माणर्थ नगद रकम ५१ हजार सहयोग ।
१२. युगल कलाकार द्वय धुर्मुस सुन्तलीले निर्माण गरेको एकीकृत नमूना मुसहर बस्ती निर्माणमा बर्दिबास क्षेत्रबाट जिन्सी र नगद गरेर ५२ लाख रुपैंया सहयोग गर्ने बतावरण तयार गरेको ।
१३. सिन्धुपालचोकको मेलमची, गोरखाको बार्पाक, रामेछाप र दोलखामा भएको प्राकृतिक विपदामा मधेश प्रदेशकै गरिमा बचाउने गरि बर्दिबास उद्योग बाणिज्य संघको मानवीय राहत सहितको पहिलो उपस्थितिले व्यपारसंगको परिचय मात्र होइन् सिंगो मधेशबासीको प्रतिनिधित्व ग¥यो ।

१४. करदाता शिक्षाको बर्दिबासमै सुरुवात ।
१५. पृथ्वीमै मानवता माथि परेको विपदमा कोरोना बिरुद्धको खोप, स्वास्थ्य क्षेत्रका जनशक्तिलाई अपुग भएको बेला, बर्दिबास उद्योग बाणिज्य संघको टिमले स्वास्थ्य मन्त्रालय डेलिगेशन गई ६ हजार ८ सय डोज भ्याक्सिन ल्याएर व्यपारी मात्र नभई सम्पूर्ण बर्दिबासबासीलाई भ्याक्सिन लगायो ।
१६. बर्दिबासमा कोरोनाकालको अवस्थामा, बजार, चौकचौराहा, हस्पिटल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य नागरिकलाई माक्स, साबुन, पानी, सेनिटाइजर, पीपीसेट, अक्सिजन सिलेण्डर, निःशुल्क एम्बुलेन्स सेवा, नगद सहयोग एवं मजदुरी गरि खाने मान्छे, अलपत्र यात्रु, विरामी, कुरुवा, डियुटीमा खटिएका सुरक्षाकर्मीलाई फुड बैंक मार्फत २ महिनासम्म अन्य संघसंस्था, व्यपारी र उद्यमीको प्रत्यक्ष सहयोगमा निःशुल्क खाना र खाजाको व्यवस्था ग¥यो ।
१७ बर्दिबास उद्योग बाणिज्य संघले अन्तराष्ट्रिय रक्तदान दिवसको आयोजना गराई इतिहासमै, बर्दिबासमा पहिलो पटक २ सय ७ प्रिन्ट ब्लड संकलन गरि नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण ग¥यो ।
१८. हरेक बर्ष धार्मिक पर्यटन प्रबद्र्धनका लागि बाबा टुटेश्वरनाथका दर्शनार्थीलाई बर्दिबास चोकमा सहयोग गर्नका लागि स्वास्थ्य शिविर, खानेपानी तथा फलफूल वितरण ग¥यो ।
१९.यो अवधिमा बर्दिबासका उद्यमी व्यवसायी, बर्दिबासबासीको स्वास्थ्य उपचारका लागि नेपालमा नाम चलेका विशेषज्ञ डाक्टर मार्फत तीन पटक डाइभिटिज परिक्षण शिविर र एक पटक थाइरोइड परिक्षण शिविरको आयोजना, बर्दिबास उद्योग बाणिज्य संघले गरेको थियो ।
२०. बर्दिबास वडा नम्बर १ का व्यवसायी अभिषेश झाद्धारा संचालित ३६५ जिम हाउसमा आचानक विद्युत सर्किट सर्ट भई आगलागी हुँदा सम्पूर्ण जिम हाउस नष्ट भएको अवस्थामा पुनः व्यवसाय संचालनमा उत्प्रेरणा गर्न व्यपार संघबाट नगद रु. ५१ हजार प्रदान ग¥यो । बर्दिबास ३ निवासी विशाल विष्ट विरामी भई अस्पताल सैयामा रहँदा निजलाई उपचार सहयोगका लागि रु १५ हजार र बर्दिकास सेवा समितिका कर्मचारी एवं उद्योग बाणिज्य संघका सहयोगी सुभाष शर्माको सवारी दुर्घटनामा मृत्यु भएका बखत निजका परिवारलाई नगद १५ हजार आर्थिक सहयोग ग¥यो ।
२१. बर्दिबास महोत्सवबाट संकलित रकम मध्य रु. ५१ हजार नगद नेत्रहिन संघको सेवा भवन निर्माणका लागि सहयोग उपलब्ध ग¥यो ।
२२.बर्दिबास वडा नम्बर ६ किसान नगरमा धर्मशाला निर्माण र बर्दिबास ४ को भब्सी टोलामा समूह भवन निर्माण ग¥यो ।
२३ बर्दिबासका युवा व्यवसायी अर्जुन न्यौपानेका पिता सर्पदंशका कारण देहअवसान भएपश्चात बर्दिबासमा रहेको सर्प दंश केन्द्रको गुणस्तर वृद्धिका लागि सरोकारवाला निकाय सहितको उपस्थितमा उदयपुरस्थित जलजले सर्पदंश उपचार केन्द्रमा अध्ययनका लागि बर्दिबास उद्योग बाणिज्य संघको नेतृत्वमा अध्ययन भ्रमण सम्पन्न ग¥यो ।
२४. बर्दिबास ३ स्थित जनता मावि पाटु विद्यालयमा आगलागी हुँदा फर्निचर जलेर नष्ट भएको अवस्थामा बर्दिबास उद्योग बाणिज्य संघले स्कूलका लागि फर्निचर उपलब्ध गरायो ।
२५. बर्दिबास उद्योग बाणिज्य संघको सेवा भवन निर्माणका लागि कतैबाट स्रोत व्यवस्थान गर्न नसक्दा पदाधिकारी, व्यपारीहरुले देउसीभैलो खेल्दै त्यहाँबाट संकलित रकम र व्यपारी सहयोगीबाट प्राप्त रकमले सेवा भवन निर्माण गरेको थियो ।
२६. मधेश आन्दोलनका क्रममा मधेश ठप्प रहँदा पनि बर्दिबासको व्यपार खुल्ला राखी देशभरी आपूर्ती सहज बनाएको थियो ।
२७. अघोषित नाकाबन्दीमा ग्यास, डिजल, पेट्रोल, खाद्यान्न आपूर्ती ठप्प रहँदा पनि जिल्लाबासी मात्र नभई राजधानीसम्मलाई आपूर्ती सहज बनाएको थियो ।
२८. घरेलु तथा नाप तौल दर्ताका लागि टोली बोलाई बर्दिबासमै प्रत्येक बर्ष दर्ता र नवीकरण व्यवस्था गर्यो ।




