महाेत्तरी- मनरा सिस्वा नगरपालिकाले सितलहर संगै बढेकाे जाडाे बच्न आगो ताप्ने व्यवस्था मिलाएको छ ।
नगरपालिकाले १० वटै वडाका वडाअध्यक्षको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न नगरले दाउरा उपलब्ध गराएको छ । बिहिवारदेखि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको मनरा शिस्वा नगरपालिकाका नगर मोहन पाण्डेले शिरीष न्युजलाई बताए।

मनरा शिस्वा नगरपालिकाले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ६ टेक्टर(६चटा) दाउराको व्यवस्था गरेको छ । यस्तै नगरले वन बाट दाउरा किनेर नगर भित्र आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै नगरप्रमुख पाण्डेले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।

नगरले बजार क्षेत्रमा,चौक,वडा कार्यालय,मन्दिर,गाउको बीच लगायत हरेक वडाको बीच स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको मेयर पाण्डेले जनाएकाे छ ।





