काठमाडौं। पछिल्लो समय चर्चा र विवादमा आइरहेकी अभिनेत्री करिश्मा मानन्धर फेरि चर्चामा छिन्। कारण हो सोलार हिटरसम्बन्धी विज्ञापन। उमेर छिप्पिइसक्दा पनि आफूलाई सानै उमेरको जस्तो देखाउन सक्ने उनको खुबी हो। अर्कोतर्फ लामो समयदेखि सिने जगतमा अभिनय गरेर सफलता पाएकी छिन्।
लामो समय फिल्ममा काम गरेकी करिश्मालाई भने पछिल्लो विज्ञापनले तालीभन्दा गाली दिइरहेको छ। करिश्माले ‘बोस’ कम्पनीको सोलार हिटरसम्बन्धी एक विज्ञापनमा हालै अभिनय गरेकी छिन्। सोही विज्ञापन उनले आफ्नो पेजमा पनि शेयर गरेकी छिन्। विज्ञापनमा करिश्माको अभिनय र संवादलाई लिएर आलोचना भइरहेको छ। कतिपयले त्याे विज्ञापनमा करिश्मालाई नसुहाउने भन्दै प्रश्न तेर्साएका छन्।



कतिपयले भने उनको शैली र संवाद अशोभनीय भन्दै आलोचना गरिरहेका छन्। उनको पोस्टमा आएका अधिकांश कमेन्टमा अभिनय र प्राविधिक पक्षलाई प्रश्न उठाइएको छ। कतिपयले ओभर एक्टिङ भएको भन्दै मजाक उडाइरहेका छन्।




