कृष्ण राज गिरी/भैरहवा
अत्याधिक गर्मी वढे पछि रुपन्देही को सिद्धार्थनगर नगरपालिका ले सम्पुर्ण सामुदायिक,धार्मीक तथा संस्थागत विधालय हरु लाई असार १ गते सम्म वन्द गर्ने निर्णय गरेको छ।
यस अघि जेठ २२ गते देखि जेठ २६ गते सम्म अत्याधिक गर्मी भई जनजीवन प्रभावित भैरहेकोले बालबालिकाहरुको विधालय आवागमन एवं पठनपाठनमा समेत समस्या देखिएको भन्दै वर्षे विदा मा समायोजन हुने गरि विदा दिने निर्णय गरेको थियो ।
सिद्धार्थनगर नगरपालिका का उपसचिव चेतनशील लम्साल ले ‘जेठ २६ गते नगर शिक्षा समिती को निर्णय अनुसार गर्मी का कारण जेठ २६ गते सम्म गरेको विदा लाई असार १ गते शुक्रवार सम्म निरन्तरता दिने निर्णय भएको ‘ सुचना निकाली जानकारी गराएका छन् ।
सिद्धार्थनगर , भैरहवा मा यो वर्ष अधिकतम् ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।







