बिबेक कुमार महतो/गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र बटौवाले संचालन गरेको एकदिने दादुरा रोगको खोपसम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।



शुक्रबार स्वास्थ्य केन्द्रको आयोजनामा एक कार्यक्रम गरि अगामी ४ गतेदेखि ८ गतेसम्म ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप संचालन हुने भएकोले स्थानीय स्तरमा शिक्षकशिक्षिका,स्वास्थ्यकर्मी,महिला स्वमसेविका, बुद्धिजीवी,व्यापारी, समाजसेवी,राजनीतिकर्मी लगायत सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् ।
दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकर्ता अपनाउने विषयमा छलफल भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र बटौवाका प्रमुख विनोद साहले बताए ।
साथै,गौशाला नगरपालिका वडा नं. १० का वडा अध्यक्ष विष्णु कुमार महतोले दादुरा रुबेला बिरुद्धको खोप अभियानमा वडाका सम्पूर्ण अभिभावकहरुलाई आ–आफ्ना बालबालिकाहरुलाई समयमै खोप लगाउ अनुरोध गरेको छ ।




