महोत्तरी- सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खुला गरिदिएसँगै खुशीयाली मनाउँदै औरही नगरपालिकामा लोसपा नेपाल पार्टीका नगर कमिटिले दीप प्रज्वलन गरेका छन्।

लोसपा नेपाल पार्टी नगर कमिटि औरहीले औरही बजारमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका हुन् ।



लोसपा नेपाल पार्टीक नगर कमिटि औरहीका संयोजक दरेश यादवको नेतृत्वमा औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का, वडा अध्यक्ष दरेश यादव,युगी चौधरी,लोसपा पार्टीका नेता कार्यकर्ता र स्थानीय दिपेन्द्र यादव, घनश्याम यादव, रंजित साह, सुशील चौधरी, औरही उद्योग बाणिज्य संघका अध्यक्ष श्रवन चौधरी लगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको सहभागीतामा औरही बजार स्थित हनुमान चौकमा शुक्रवार बेलुकी सर्वोच्च अदालतलाई धन्यवाद दिदै दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन्।

सर्वोच्चको यो आदेशसँगै अब जन्मसिद्ध नागरीकका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ ।





