कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको साई ग्लोवल मा.वी, कलेज लाई फोकस नेपाल ले ‘राष्ट्रिय शिक्षा सम्मान २०८० ‘ ले सम्मान गरेको छ।



फोकस नेपाल द्वारा शनिवार काठमाडौंमा गरिएको विशेष समारोहमा विद्यालयलाई सम्मान गरिएको हो ।

पर्याप्त भौतिक पुर्वाधार, दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुवाट अघ्ययन अध्यापन , गुणस्तरिय शिक्षा प्रदान गरी देश को शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै साई ग्लोवल मा.वी लाई सम्मान गरेको फोकस नेपालले जनाएको छ।
देशकै उत्कृष्ट मा.वि. मध्ये एक हुन सफल साई ग्लोवलले यस क्षेत्र मै हरेक वर्ष उत्कृस्ट नतिजा लिएर आउन सफल रहेको छ। हरेक वर्ष देश भरि का उत्कृस्ट विद्यालयहरुलाई फोकस नेपालले विभिन्न विधामा सम्मान गर्दै आएको छ। सम्मान पत्र पूर्व मन्त्री अर्जुन नरसिँह के.सी ले हस्तान्तरण गरेका थिए ।




