महोत्तरी- औरही नगरपालिका वडा नम्बर २ चेपकटका गरिब विपन्न मुसहर बस्तिमा ८८ घरपरिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ।
मुसहर बस्तिमा विधुत मिटर लिएका गरिब दलित, बिपन्न घरपरिवारका घरमुलिहरुलाई एक /एक थान गरि ८८ घरपरिवारलाई इन्डक्सन चुलो वितरण गरिएको मेयर प्रदीपकुमार खड्काले बताए ।




सोमवार औरही नगरपालिका वडा नम्बर २ चेपकट मुसहर बस्तिमा एक कार्यक्रमको आयोजना गरि मेयर खड्काले ग्यासको मूल्यवृद्धिलाई मध्यनजर गरेर नगरभित्रका गरिब दलित,बिपन्न घरपरिवारलाई एक /एक थान इन्डक्सन चुलो वितरण गरेका हौं, मेयर खड्काले भने, ‘यसलाई आगामी नगरसभाबाट पारित गरेर लागू गर्नेछौँ’, औरही नगरपालिका लाई धुवाँ रहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको भन्दै उनले विद्युत् प्रयोगमा जोड दिएको बताए।

अहिले वडा नं २ को मुसहर समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएकाे उनले बताए। यो कार्यक्रम प्रभावकारी भएसँगै नगरभरिमा रहेका गरिब दलित,बिपन्न घरपरिवारका घरमुलिहरुलाई एक /एक थान वितरण गर्ने योजना अगाडि लिएर जाने बताए।
नगरपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पुर्याउन न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गर्ने छौ । कार्यक्रममा सो वडाका वडा अध्यक्ष दरेश यादव,जिल्ला समन्वय समिति सदस्य सर्युग यादव, नेपालीका कांग्रेसका नगर सभापति युगेन्द्र यादव,वडा सदस्य लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो।






