एजेन्सी । साउनको महिनामा मलमास २ गतेबाट शुरु हुँदैछ । यस दौरान विवाह, वर्तबन्ध, गृह प्रवेश जस्ता शुभ कार्य गर्न मनाही गरिन्छ ।
तर के तपाईंलाई थाहा छ ? मलमासको बेला यसरी शुभकार्य गर्न किन मनाही गरिन्छ ? यदी थाहा छैन भने आज ज्योतिष विशेषज्ञबाट जानौं यसबारेमा–



– विशेषज्ञका अनुसार बृहस्पतिको राशी धनु हुन्छ । यही कारणले सूर्यदेवले देवगुरु बृहस्पतिको राशी यानी धनुमा भ्रमण गर्छन्, त्यो राम्रो मानिँदैन ।
– मलमासका दौरान सूर्यको चाल ढिलो हुन्छ त्यसैले यसक्रममा कुनै पनि शुभ कार्य गर्दा फल प्राप्त हुँदैन ।
– ज्योतिषका ९ ग्रहहरुका अनुसार राहु–केतुलाई छोडेर सबै ग्रहहरु एक राशीबाट अर्को राशीमा घुमिरहन्छन् । यसक्रममा ग्रह वर्की र मार्गी दुबै चाल चल्छन् तर सूर्य एउटा त्यस्तो ग्रह हो, जो जहिले पनि मार्गीमा नै रहन्छ र हरेक महिना एउटा राशीबाट अर्को राशीमा प्रवे गर्छ ।
– बृहस्पतिलाई विवाह र वैवाहिक जीवनको कारक मानिएको छ, त्यसैले सूर्य बृहस्पति राशीहरुमा प्रवेश गर्दा खग्रास लाग्छ । यस दौरान मांगलिक कार्यहरु बन्द हुन्छन् ।
– मलमासको महिनामा कन्याहरुलाई भोजन गराउनु शुभ मानिन्छ । यसले व्यापारमा लाभ हुन्छ । मलमासका बेला विवाह, नयाँ घर बनाउने शुरुआत, पुरानो घरको मर्मत आदिका साथै अन्य कुनै पनि शुभकार्य गर्नु हुँदैन । यसो गरेमा तपाईंलाई नराम्रो पनि हुन सक्छ ।




