कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही प्रहरीले मर्चवारी गाउँपालिका वडा नं ४ महदेवा बस्ने ३० वर्षीय राजु भनिने ईन्द्रकेश यादवलाई हतियार सहित पक्राउ गरेको छ।
रुपन्देही को मर्चवारी गाउँपालिका वडा नं ४ पुन्हिकोटवाट दुबलिया जाने वाटो को खैरा गाउँ मा वाटो पिच गर्ने क्रममा असार १९ गते निर्माण व्यवसाही सँग वादविवाद हुँदा कोटहीमाई गाउँपालिका वडा नं ६ पर्सहवा बस्ने श्रीराम यादवलाई ज्यान मार्ने उद्देश्यले गोली फायर गरी राजु उर्फ ईन्द्रकेश फरार भएका थिए ।



लु ३३ प ७६५३ नम्वर को मोटरसाईकलमा आई फायर गरि फरार रहेका यादवलाई प्रहरी ले मर्चवारी गाउँपालिका वडा नं ४ मा रहेको निज कै निवासवाट साउन १ गते पक्राउ गरेको हो।
प्रहरीले निज ले प्रयोग गरेको मोटरसाईकल,चाईनिज पेस्तोल जस्तो देखिने हतियार, त्यसमा लाग्ने गोली २ थान र फायर भएको खोका १ थान प्रमाण सहित रुपन्देही जिल्ला अदालत मा पेश गरि ५ दिन म्याद थप लिई ‘ ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना कसुर ‘ मुद्दा मा अनुसंधान गरिराखेको प्रहरीले जनाएको छ।




