कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को मर्चवारी गाउँपालिका मा डेंगु तथा सर्पदंश सम्वन्धि सचेतनामुलक कार्यक्रम को साथै झुल वितरण मंगलवार सम्पन्न भएको छ।



नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश को आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र मर्चवारी गाउँपालिका को सहकार्य मा गाउँपालिका को वडा नं २ मा रहेको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र को सभाहल मा सचेतनामुलक कार्यक्रम संपन्न भएको हो।

मर्चवारी गाउँपालिका का अध्यक्ष गया प्रसाद वरई को अध्यक्षता , नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशी को प्रमुख अतिथ्य र लु.प्र. प्रहरी कार्यालय दाङ का प्रमुख प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी को विशेष उपस्थिती मा कार्यक्रम संपन्न भएको हो ।
कार्यक्रममा रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा. विष्णु विश्वकर्मा द्वारा डेंगु तथा सर्पदंशको टोकाईबाट बच्ने प्राथमिक उपचार सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिनुको साथै नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशी तथा पदाधिकारीहरुद्धारा स्थानीय बिपन्न नागरिकहरुलाई ७५ थान झुल बितरण गरेको थियो ।

कार्यक्रम मा प्रदेश प्रहरी कार्यालय भैरहवा का प्रमुख बरिष्ठ उपरिक्षक दिपक कुमार बस्नेत, मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिहं , ट्राफिक व्यवस्थापन कार्यालय बुटवल का प्रहरी उपरीक्षक कृष्ण प्रसाई, जि.प्र का. रुपन्देही का प्रहरी उपरिक्षक भरत वहादुर वि.क लगायत जनप्रतिनिधि र स्थानिय को उपस्थिती रहेको थियो।




