मैथिली भाषालाई मधेश प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न सरकारलाई ज्ञापन पत्र र हस्ताक्षर संकलन बुझाइएको छ । अप्पन विराटगढ परोपकार समाजसहितका संस्थाले संयुक्त रुपमा आइतबार मधेश प्रदेशकी मन्त्री सुरिता साहलाई ज्ञापन पत्र बुझाएको हो ।
समाजका अध्यक्ष बसुन्धरा झाले मैथिली भाषाप्रति षड्यन्त्र भइ रहेको भन्दै मैथिली भाषा, कला, संस्कृति, साहित्यको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गर्न सरकार उदासीन देखिएको आरोप लगाएकी छन् ।



मधेश प्रदेशका बिना विभागीय मन्त्री सुरिताकुमारी साहलाई आइतबार ज्ञापनपत्र बुझाउँदै उनले मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारिस गरेको भए पनि निजी स्वार्थ भएकाहरुले मैथिली भाषाबाट जीविकोपार्जन गरे पनि हाल हिन्दीलाई कामकाजी भाषा बनाउनुपर्ने सल्लाह र सिफारिस मा उद्यत रहेको आरोप लगाएकी छन्।
मधेश प्रदेशमा बहुसंख्यक मै थिली भाषा भाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, मै थिलीको अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहटे उनले बताइन् । यस विरुद्ध षड्यन्त्र गर्नेहरुलाई पनि उनले सचेत गराइन् । साथै उनले प्राथमिक तहदेखि नै मैथिली भाषामा पठन पाठन गराउन माग समेत गरिन् । उनले कठोर पर्वको रुपमा रहे को जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक विदाको घोषणा गर्नुपर्ने मागसमेत गरे की छन् ।




