भैरहवा- नेपाल भारत सिमा नाका सुनौली वाट विहिवार विहान भारतिय प्रहरी ले नेपाल आउँदै गरेकी एक अमेरिकी महिला लाई पक्राउ गरेको छ।
प्रहरी ले चेकजाँच को क्रम मा संका लागि छानविन गर्दा महिला पक्राउ परेको र पक्राउ परेको महिला अमेरिकी नागरिक कोलिन प्याट्रिक लिन्च उमेर ३५ वर्ष रहेको जनाएको छ।
प्रहरीले थप अनुसन्धान मा सो अमेरिकी महिला लाई भारत मा वस्न प्रतिवन्ध लगाइए पनि गैरकानुनी रुपमा भारत को वनारस मा बस्दै आएको र नेपाल आउने क्रम मा पक्राउ गरेको भाारतिय प्रहरी ले जनाएको छ ।



नौतनवा का इलाका प्रहरी अधिकृत आभा सिंहको निर्देशनमा भारतबाट नेपाल जाने व्यक्तिको सीमामा अनुसन्धान भइरहेको प्रहरी थाना अध्यक्ष सुनौली का अभिषेक सिंहले बताए । यसैबीच एउटी महिला नेपाल जाने क्रम मा छानविन गर्दा उनी विदेशी भएको भन्दै संका मा अध्यागमन अधिकारीको सहयोगमा उनको फारम जाँच गर्दा उक्त विदेशी महिलालाई भारतमा बस्न प्रतिबन्ध लगाइएको पाइएको र यति हुँदाहुँदै पनि उनी लामो समयदेखि बनारसमा बस्दै आएकी थिइन् र त्यहीँबाट उनले आफ्नो आधार कार्ड पनि बनाएको पाइएको प्रहरी ले जनाएको छ।
पक्राउ परेकी विदेशी महिला विरुद्ध दफा १४ विदेशी ऐन र ४६७ आईपीसी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको भारतिय प्रहरी ले जनाएको छ।
-ईन्डो नेपाल न्युज




