काठमाडौं – चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । फाइनलमा हङकङलाई १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले १०२ रनको लक्ष्य पछ्याउँदै गर्दा वर्षा भएपछि डकवर्थ लुइस पद्दतिअनुसार नेपाललाई विजेता घोषणा गरिएको थियो । वर्षाले खेल स्थगित भएपछि नेपालले परिमार्जित २५ रनको लक्ष्य मात्रै पाएको थियो । तर त्यतिबेला नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाइसकेको थियो ।



नेपालको तर्फबाट इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाए । काजल श्रेष्ठ शून्य रनमा आउट भइन ।
त्यसअघि हङकङले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । नेपाली राष्ट्रिय महिला टोलीको यो पहिलो उपाधि हो ।
सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप यो सिरिज आयोजना गरिएको हो ।





