जनकपुरधाम- नेपाल प्रेस युनियनको मधेश प्रदेश भेला असोज २६ र २७ गते सर्लाहीमा हुने भएको छ ।
जनकपुरधाममा बुधवार बसेको युनियनको मधेश प्रदेश समितिको बैठकले सो निर्णय गरेको महासचिव अजय कुमार साहले बताए । साथै बैठकले युनियनको मधेश प्रदेश स्तरीय सल्लाहकार समिति गठन समेत गठन गरेको छ ।



सल्लाहकार समितिमा धनुषाबाट शैलेन्द्र झा, रिंकु मिश्र गायत्री, पर्साका किशोर सिंह, बाराबाट सिकेन्द्र पासवान र सर्लाहीका कृष्ण कुमार स्माइली रहेका छन् । त्यसै गरि बैठकबाट सचिवालयको समेत गठन गरिएको छ । युनियनका विधान अनुसार सात सदस्यीय सचिवालय गठन गरिएको छ। गठन गरिएको सचिवालयमा मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, उपाध्यक्ष, धिरेन्द्र साह, महासचिव अजय कुमार साह र कोषाध्यक्ष उदय दास थारु रहेका छन् भने सदस्यहरुमा विजय साह, संजिव मिश्र र पुस्तिका केसी रहेका छन् ।
बैठकले मधेश प्रदेशको सिरहा जिल्ला अधिवेशन अझै बाँकी रहेको हुँदा अविलम्व गर्न/गराउन निर्देशन समेत दिएको महासचिव साहले बताए ।

सो अवसरमा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्म समिम तथा युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण, सचिव अजित तिवारीलाई मधेश समितिले सम्मान गरेको थियो ।






