महेन्द्रनगर- धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र लिंग जस्तो बनाई खसीको मासुसंगै बाख्राको मासु बिक्रि गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।



सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।
पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।





