धनुषा- जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ ।
नेपाल रेल्वेको ट्रेनले दुवै खुट्टा नै छुट्ने गरी काटिएर मृत्यु भएको करिब ५० वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित रेल्वे लिकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ ।ट्रेन बिहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।







