काठमाडौं । दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूलाई मध्यरातमा लखेट्ने व्यक्ति र दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने व्यत्ति एकै रहेको खुलेको छ ।
सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।



बास बसेका महिलालाई कपडा लगाउने समेत समय नदिएर लखेट्ने उनी खोटाङका हुन् । उनी युवा संघका सचिवालय सदस्य हुन् ।
विनोद राई तिनै व्यक्ति हुन्, जसले २२ असोजमा काठमाडौंको एक होटलमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेका थिए ।
विनोद राईको समूह राति मदिराले मातेर लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा गएका थिए । सुतिरहेका महिलालाई कपडा समेत लगाउने समय नदिएर लखेटेका थिए ।
प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । भिडिओ सार्वजनिक भएसँगै युवा संघ आलोचित बनिरहेको छ ।




