महोत्तरी- मटिहानी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
यसै बीच नव-निर्मित वडा कार्यालय भवनको आज एक समारोह बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र वडा नम्बर १ का वड़ा अध्यक्ष शिवशंकर कुमार रायले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।




सो अवसरमा प्रमुख मण्डलले वडा कार्यालयको भवन निर्माण सँगै कामकाजमा सहयोग पुग्ने भन्नुभयो ।
मटिहानी नगरपालिका वाड नं. १ को वडास्तरीय योजना कार्यक्रम अन्तर्गत २३ लाख १२ हजारको लागतमा तिन कोठे वडा कार्यालय भवन निर्माण भएको कुरा पालिकाको प्राविधिक बिमलेश साहले जनाएको छ ।
सो वड़ा कार्यालय भवन निर्माणको लागि मटिहानी नगरपालिका वड़ा नं. २ निवासी श्री रामचन्द्र ठाकुरले १३.५ कठा जग्गा निःशुल्क उपलब्ध गराउनु भयो ।

कार्यक्रममा मटिहानी नगरपालिकाका उप-प्रमुख मञ्जु देवी साह, लोसपा नेपाल नगर कार्यसमिति अध्यक्ष श्याम कुमार मण्डल,वड़ा अध्यक्षहरु नाजिर मिया, मिश्री नायक, कलीम अंसारी, जीतनारायण माझी, रितेश साह, मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, योजना अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्यहरु लगायत स्थानीयहरु उपस्थित रहेका थिए ।

मटिहानी नगरपालिकाको ९ वटै वडा मध्ये ८ वटा वडा हरुको आफ्नै भवन निर्माण छ, भने बाँकी रहेको एक वटा वडा नम्बर ८ यो आर्थिक वर्षमा वडा कार्यालय भवन निर्माण हुनेछ ।




