महोत्तरी- महोत्तरीको सोनामा गाउँपालिका वडा न. ८ स्थित श्री नेपाल राष्ट्रिय राघबेन्द्र माध्यमिक विद्यालय नै बन्द गरि भ्रमण गएपछि अभिभावकहरूले तालाबन्दी गरेका छन्। उक्त विद्यालयका ५ जना शिक्षकहरुले विद्यालय बन्द गरि भारतको सोनपुर मेला घुम्न गएपछि अभिवावकहरुले विद्यालय तालाबन्दी गरेका हुन् ।
शुक्रबार विद्यालयमा कक्षा ८,९ र १० का विद्यार्थीलाई विदा दिई कुनै पनि जानकारी नगरिकन स्कुलका प्रधानाध्यापक सरोज कुमार यादव लगायत भविक्षण यादव ,अजय यादव , अनिल यादव र चन्देश्वर शिक्षक भारतको सोनपुर मेला घुम्न गएको त्यहि विद्यालयका शिक्षिका ललिता यादवले जानकारी दिईन् ।विधालयमा विद्यार्थी आउने गर्छन् तर शिक्षकहरु घुम्नमा व्यस्त भएपछि पठन पाठन नभएको सोनमा -८ निवासी रामप्रताप यादवले जानकारी दिए । उनले भने , “यो स्कुलमा सबैभन्दा बढी लापरवाही हुन्छ । प्र.अ. सरोज कुमारलाई जे मन लाग्छ त्यहि नै गर्छ ।”



त्यस्तै स्कुल बन्द गरेर मेला जानु उचित कुरा नरहेको अर्का एक स्थानिय मुक्तिनारायण यादवको भनाइ छ । विद्यालयमा राजनीतिक मात्र हुने गरेको र त्यसले गर्दा विद्यालयको शैक्षिक स्तर खस्केको उनले बताए । शुक्रबार अचानक बालविकास कक्षाका बालबालिकालाई मर्निंगमा बोलाएपछी अभिवावकहरु आक्रोशित भएर विद्यालय पुगेका थिए । विद्यालय पुगेपछि शिक्षकहरु सोनपुर मेला घुम्न गएको थाहा भएपछि विद्यालयको कार्यालयमा तालाबन्दि गरे ।
साथै उनीहरुले शिक्षा शाखालाई ध्यानाकर्षण पत्र समेत बुझाए । जब सम्म सरोज कुमार यादवको सरुवा हुदैन तबसम्म ताला नखुल्ने उनीहरूले बताए । यस सम्बन्धमा सोनमा गाउँपालिकाको शिक्षा शाखाका सह –संयोजक धर्मेन्द्र यादवले यस्तो गतिवधि गर्ने शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्ने जानकारी दिए ।




