भैरहवा- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय वाट खटिएको प्रहरी टोली ले नागढुंगा चेकपोष्टमा रसुवा वाट काठमाण्डौ तर्फ जादैँ गरेको बागमती प्रदेश ०१- ०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी वाट बिहीवार दुई किलो सुन बरामद गरी तीन जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा रसुवा गोसाईकुण्ड का २६ वर्षिय बिरु तामाङ्,२१ वर्षिय सुनिल भुजेल र २८ वर्षिय ग्वाल छिरिङ तामाङ रहेको प्रहरी ले जनाएको छ।
रसुवा जिल्ला को केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचना को आधार मा प्रहरी ले नागढुंगा चेकपोष्टमा रसुवाबाट काठमाण्डौ तर्फ आउदै गरेको बागमती प्रदेश ०१- ०२८ च २६९७ नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त गाडीको गियर वक्स मा विस्कुट आकारको दुई के.जी. सुन प्रहरी ले बरामद गरेको हो ।



पक्राउ परेका तीनै जना ले अवैध तरीकाबाट संगठित रुपमा भन्सार तथा राजस्व छलि सुनको कारोवार गरेको हुँदा निजहरुलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।




