जनकपुरधाम- जनकपुरधामका कलेजहरुमा ब्लड फर नेपाल धनुषा टिमद्वारा रक्तदान सचेतना कार्यक्रम गरेका छन्।
बिहिबार जनकपुरधामको भानुचौकस्थित रहेको मोनाष्टिक स्कुल/कलेजमा कक्षा ११ र १२ का विधार्थीहरुलाई राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत सचेतना गराएको छ।



“आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ” भन्ने नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । उनीहरूले बुधबार श्री यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप) मा रक्तदान सचेतना कार्यक्रम गरेका थिए।
सचेतना कार्यक्रममा ब्लड फॉर नेपालका धनुषा जिल्ला सदस्य बिकाश साह,अमित यादव, सोनाली साह र कार्तिकेश झाले बल्ड फर नेपालको कामकारबाही,रगतको आवश्यकता, महत्त्व, रक्तदानको विशेषता,रगतको विधमान अवस्था लगायतका विषयमा केन्द्रित रहेर उनीहरूले सलाइड मार्फत् प्रस्तुतिकरण गरेका थिए भने दिवेश कुमार महतोले सहजिकरण थिए।
ब्लड फ़ार नेपालले बिग्त ५ बर्ष देखी धनुषा लगायत देशका अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको ब्लड फर नेपाल धनुषा टिमका संयोजक भवानी प्रसाद साहले बताए । उनका अनुसार ” शिक्षा हाँसिल गर्ने मुख्य थलो विधालय/कलेज रहेको हुँदा विधालयलाई प्राथमिकतामा राखेर ती कलेजहरुमा अध्ययनरत विधार्थीहरुलाई यसबारे सचेत गराउन आवश्यक रहेको र उनीहरूबाट नै यो सचेतनालाई व्यापक रुपमा आमजनसमुदायमा पुर्याउने लक्ष्य रहेको बताए ।

ब्लड फर नेपाल रक्तदाता खोजेर बिरामीलाई रगत उपलव्ध गराउने काम गर्दै आएको नाफा नकमाउने गैरसरकारी संस्था हो। संस्थाले डाटा हेरेर कुन ठाउँका बिरामीलाई कुन समूहको रगत चाहिएको हो भन्ने निधो गरेर तुरुन्तै पुग्न सक्ने रक्तदातालाई फोन गर्छ र बिरामीका अफन्तसँग सम्पर्क गराइदिन्छ। यस कामका लागि संस्थामा स्वयंसेवकहरू गठन गरेर काम गरिहेका छन्।
ब्लड फर नेपालले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा गएर विधालय/कलेजका विधार्थीहरुसँग रक्तदान सचेतना कार्यक्रम गरिरहेको छ। धेरै किसिमका अभियान मध्ये सबैभन्दा महत्वपुर्ण अभियान रगत अभियान रहेको कुरा वल्ड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतो बताउँछन्।
सरोज भन्छन्, ‘हामी डोनर (रक्तदाता) र बिरामीका बीचमा मेडिएटर (माध्यम) को काम गर्छौं। हामीले अहिलेसम्म रक्तदान गर्ने १० हजार व्यक्तिको नाम–ठेगानाको डाटा संकलन गरेका छौँ।’ सरोजका अनुसार हाल चारवटा प्रदेशका विभिन्न ठाउँमा सय जना स्वयंसेवक छन्। उनीहरू धेरैजसो विद्यार्थी हुन्।

‘हामी असल नागरिक बन्ने जमर्को गर्दै छौँ। बिरामीलाई रगत जुटाइँदिदाको खुसी बयान गरेर साध्य हुँदैन, बेग्लै आनन्द महसुस हुन्छ,’ सरोज भन्छन्, ‘हामी रगत जुटाइदिएर पैसा लिँदैनौँ। जीवनयापनका लागि आआफ्नै काममा छौँ।’
“घरपरिवार मा रक्तदान गर्ने विधि -प्रक्रियाको बारेमा थाहा नहुँदा रगत आवश्यक परेको बेला भौतारिने अवस्था आएको कुरा मोनाष्टिक कलेज कक्षा १२ कानुन संकायमा अध्यनरत छात्रा राधा नागवंसी बताउँछिन्। उनका अनुसार यस्ता रक्तदान सचेतना कार्यक्रमहरुले रक्तदानका विषयमा रहेका विभिन्न किसिमका अपवादहरु बारे सहि ढङ्गले बुझेको छु। रगत दान गरेपछि कमजोरी हुन्छ, दुब्लो पातलो भइहाल्छ भनेर सुनेको थिए तर त्यसतो नहुदो रहेछ । अब म पनि रक्तदान गर्छु । रक्तदान किन गर्नुपर्छ भन्ने कुरा आफ्नो घरपरिवारका सदस्यलाई पनि सिकाउँछु ” ।




