जनकपुर : जनकपुरधाम विमानस्थलमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै जनकपुरको परफेक्ट प्लाजाका सँचालक प्रदीप कुमार साहलाई सम्मान गरिएको छ ।
नागरिक उडयन प्राधिकरण अन्तर्गतको नागरिक उड्यन कार्यालय जनकपुरधामको २५ औँ वार्षिकोत्सवको अवसरमा होटल व्यावसायी साहलाई सम्मान गरेको हो ।



जनकपुरमा एयरपोर्ट सँचालन भएको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा सँचालक साहलाई जनकपुरधाम विमानस्थलमा यात्रुहरुको सहजताको लागि विभिन्न समाग्रीहरु सहयोग गरेर सहज बनाएको भन्दै उनलाई कदरसहित सम्मान गरिएको विमानस्थल प्रमुख भिम दत्त पन्तले बताए ।
पन्तका अनुसार, होटल परफेक्ट प्लाजाका सँचालक प्रदीप कुमार साहले एयरपोर्टमा विभिन्न स्थानमा डिजिटल घडी, डिजिटल टेलिभिजन सहयोग गरी यात्रुलाई सहजता प्रदान गरेको भन्दै दाताको हिसाबले सम्मान गरिएको बताए ।
सोही क्रममा प्रमुख दत्तले जनकपुरधाम विमानस्थलको हालको अवस्थामा अधिक सुधार भएको दाबी गरे । उनले यात्रु व्यवस्थापन, सरसफाई, सौन्दर्यीकरणको कार्यमा विमानस्थलको पहिलेभन्दा अहिलेको अवस्था उत्तम रहेको बताए ।
रामानन्दचोकस्थित रहेको होटल परफेक्ट प्लाजाको तर्फबाट विमानस्थलमा सूचना, सँचार समाग्रीहरु प्रदान गरिएको हो । सोही अवसरमा अन्य विभिन्न विद्यामा दिँदै आएको पुरस्कार र सम्मान समेत गरिएको छ ।




