महोत्तरी –विगत केहि दिन देखि शितलहरसंगै चलेको चिसो हावाले जनजिवन प्रभावित हुन थालेपछि महोत्तरीमा विहिवार विपद व्यवस्थापनको वैठक वसेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको सो विपद व्यवस्थापन समितिको वैठकमा शितलहरको प्रभावबाट बच्न विभिन्न निर्णयहरु गरिएको हो ।




वैठकले स्थानिय विपद व्यवस्थापन समितिको सहयोगमा शितलहरबाट प्रभावित हुन सक्ने विपन्न परिवारको अभिलेखिकरण,दाउरा वितरण,न्यानो कपडा वितरण,सवारी दुर्घटना न्युनिकरण,विद्यार्थीहरुलाई लक्षित गरि विद्यालयमा चेतना मुलक कार्यक्रमहरु संचालन,स्वास्थ्य सम्बन्धी हुन सक्ने समस्या रोकथाम गर्न जनचेतना मुलक कार्यक्रम तथा स्वास्थ्यकर्मी औषधी र द्रुत प्रतिकार्य समुह परिचालन,रोग तथा शितलहरबाटसंग सम्बन्धित प्रचार प्रसार,स्वास्थ्य शिविर र सुचना व्यवस्थापन सम्बन्धी निर्णय गरिएको हो ।

वैठकले शितलहर आकस्मिक योजना २०८० लाई स्विकृत गरि कार्यान्वयनमा ल्याइने निर्णय समेत गरेको हो ।





