महोत्तरी – २०७९ पौष ६ गते सम्सी गाउँपालिका २ पर्सा देवाड निवासी शेष अव्दुस सलामले दिएको चरम यातनाले घाईते भई पौष १० गते मृत्यु भएका सम्सी गाउपालिका २ पर्सा देवाड निवासी मृतक खुर्सेद अन्सारीको हत्यामा आरोपित भई सोहि बेला देखि फरार रहेका सोहि ठाउ निवासी ४२ वर्षिय प्यारे भन्ने शेष जसाउदिनलाई प्रहरीले मंगलवार दिउसो पक्राउ गरेको छ । उनलाई सम्सी गाउपालिका ६ स्थित बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई पक्राउ गरेको बताए । उनलाई आवश्यक कार्यवाहीको लागि ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।



खसी नकाटेको र पछिल्लो खसीको मासुको रकम हिनामिना गरेको आरोपमा उनलाई पर्सा देवाड बजार स्थित माटोको घरभित्र बन्द गरि आरोपी सलामले चरम यातना दिदा अन्सारीको मृत्यु भएको र सो कार्यमा प्यारे भन्ने शेष जसाउदिनले सघाएको आरोप छ । मुख्य आरोपी अव्दुस सलाम भने पुर्पक्षमा थुनामा छन ।
यस्तो थियो घटना ः
खसी नकाटेको निहुमा सम्सी गाउँपालिका २ पर्सा देवाडका ३५ वर्षिय शेष अब्दुस सलामले आफ्नै कामदार सोहि ठाउ निवासी ४० वर्षिय मोहम्मद खुर्सेद अंसारीलाई चरम यातना दिएर नालामा फालेका थिए । खुर्सेदको पाच दिन पछि उपचारको क्रममा मृत्यु भएको थियो ।
उनीसंग अमानविय व्यवहार गर्दै उनको मलद्वारमै आगो लगाउने,खुर्सानी,टमाटर आदी विभिन्न वस्तु पसाउने,उखुको लौरो हाल्ने लगायतका विभिन्न अमानविय आपराधिक कृयाकलाप गरेका थिए ।
यो पनि पढ्नुहोस :
महोत्तरीमा साहुद्वारा चरम यातना : जिउँदै आगो लगाएर नालामा फालिदिए पछि मृत्यु
https://shirishnews.com/2022/12/26/32621/




