दशरथ भंडारी,महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिकाकोधिरापरु स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा जिजिजिआई परियोजनाको आर्थिक सहयोग तथा मधेश प्रदेश भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जलवायु मैत्री कृषि कार्यक्रम मार्फत वाढीग्रस्त क्षेत्रका कृषकहरुको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकको पुनः एकिकरणको लागि एक दिने परिचयात्मक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले सो कार्यक्रमको उदघाटन गरेका हुन । साना किसान कृषि सहकारी संस्था लि. धिरापुरका अध्यक्ष श्री सुशिला देवी ठाकुरज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको परिचयात्मक कार्यक्रम वारे प्रकाश पार्दै संस्थाका प्रवन्धक हेमचन्द यादवले ५६५ जना महिला सदस्य र सोही संख्यामा शेयर होल्डर रहके ोसाना किसान कृषि सहकारी संस्था लि. धिरापुरको १ करोड १५ लाख निक्षेप रकम र ४ करोड ५५ लाख लगानी रहके ोबताए ।



उनलेसोिह भगे का कृषकहरु लाईतरकारी खेती, भैसी पालन, सुनमैलो भविष्य जस्ता कार्यक्रम चलाएर कृषकको स्तर उकास्न प्रयास गरिरहेको बताए । साथै विगत तिन वर्षमा १ करोड उपलव्ध गराउने सहयोगी संस्था कोइका र जी जी जी आईले २० हजार युएस डलर यस वर्षपहिलोकिस्ताकोरुपमा उपलव्ध गराएको उनले थपे ।
संस्थामा आवद्ध सदस्यहरुले सस्ं थाबाट पा्रप्त हनुेतालिमहरु तथा विभिन्न प्याकेजहरुले स्तरिय तरकारी खते ी लगायतमा राम्रोगर्दै गएको समेत प्रकाश पारे । कार्यक्रममा बोल्दै मटिहानी नगरपालिका प्रमुअ मण्डलले संस्थाले लामो समय देखि यस भेगका जनताहरुलाई सहजता प्रदान गर्दैआएकोबताउदैसंस्थाले जग्गा उपलब्ध गराउन सके भवन निर्माणको लागि पहल गरिदिने बताए । उनले संस्थामा सक्रिय महिलाहरुलाई शिपमूलक र आयमूलक तालिमको व्यवस्था पालिकाबाट गर्ने प्रतिवद्धता समेत जनाए ।




