महोत्तरी(औरही )- औरही नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । औरही नगरपालिकाको वडा नम्बर ३ स्थित सोन्फी दशैँ मावि बिधालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन एक ओैपचारिक कार्यक्रमका बिच औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले पानसमा बत्ती बालि तथा ब्यानर पढेर प्रतियोगिता उद्घाटन गर्नुभएको हो। ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा औरही नगरपालिकाका भित्रका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि बोर्डिंग बिधालय गरी जम्मा ६ वटा बिधालयले सहभागीता जनाएका छन्।
"स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद"भन्ने मुख्य ध्येयका साथ तेस्रो राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न लागिएको औरही नगरपालिका नगर प्रमुख खड्काले बताउनु भयो। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खड्काले यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनिहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने बताउनुभयो । हरेक ब्यक्तीमा केहि न केहि प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडी बढे विश्वमा ठुलो मान्यता हुने बताउनुभयो । खेल भनेको हारजित भन्दापनि निरन्तर अभ्यास गर्दै जाने कुरा भएको भन्दै खेलकै माध्यमबाट ब्यक्ती बिधालय समाज हुदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।

नगर प्रमुख खड्काले भने , 'खेलमा लागेका ब्यक्ती गलत हुन नसक्ने भन्दै उनिहरु लागु औषध दुर्व्यसनमा पनि नफस्ने दाबी गर्नुभयो । यदि ब्यक्तीले खेल तर्फ रुचि नदिए उसको जीवननै अपुरो हुने उहाको तर्क छ । उहाले आफ्नो रुचि अनुसारको खेलमा निरन्तर अभ्यास गर्नपनि सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रमका अध्यक्षता सोन्फी दशैँ मावि बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार यादवले यस्ता प्रतियोगिताले खेलाडीको अन्तरनिहित क्षमता प्रष्फुटन हुने विश्वास ब्यक्त गर्नुभयो ।

बिधालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल,हाईजम्प,त्रिपलजम्म,लंगजम्म,सटपुट छेलो,दौड,ज्याभलिङ्ग थ्रो,कपर्दी,रिले रेस जस्ता प्रतियोगिता रहेको औरही नगरपालिका शिक्षा शाखाका प्रमुख धनबहादुर राईले जानकारी दिनुभयाे। कार्यक्रममा सोन्फी दशैँ मावि बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार यादवको अध्यक्षता, नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख आतिथ्य,विशिष्ट अतिथि उपमेयर रेणु झा, सोन्फी दशैँ मावि बिधालयका प्राध्यापक ज्ञानेन्द्र यादवले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगिता फाल्गुन ४ गते देखि ६ गते सम्म प्रतियोगिता संचालन हुने भएको छ । आज पहिलो दिन नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबिच दौड प्रतियोगिता सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा औरही नगरपालिकाका जनप्रतिनिधिहरु,बिभिन्न पार्टीका पार्टी प्रतिनिधि,सहभागी भएका सहित बिभिन्न बिधालयका प्रधानाध्यापक, अभिभावक, बिधार्थीहरु लगायत तथा प्रतिनिधि ,खेलकुद निर्णायक रबि यादव र ज्ञानेन्द्र यादवको उपस्थिति रहेको थियो । सटपुट थ्रो फालेर नगर प्रमुख खड्काले खेल उद्घाटन गर्नु भएको थियो ।
खेल उद्घाटन पूर्व विभिन्न विद्यालयले मार्चपास गरेका थिए ।














