दिपेश मल्लिक
जनकपुरधाम- जनकपुरधाममा तीन दिवसीय साहित्य महोत्सवको आयोजना हुने भएको छ ।
नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुरको को राम मन्दिरमा आयोजना हुने हुन लागेको साहित्य महोत्सव यहि फागुन १० देखि १२ गतेसम्म चल्ने छ।



आयोजकले आज जनकपुरमा महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन गरी महोत्सवमा विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ वटा प्रवचन समेटिएको जनाएको छ ।

‘चाहियो रंगशाला’, ’किताब उपर समिक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ’नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ’शिक्षाको नयाँ आवश्यकता र परिभाषा, ‘मधेशको श्रम यात्रा’, ‘बोज्ने स्वतन्त्रत’, ‘संस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शिर्षकमा विमर्श हुने आयोजक फाण्डेशनका अध्यक्ष अमित साहले बताए ।
उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुने छ। बिगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ ।
महोत्सव अन्तर्गत विगत तीन वर्षदेखि फाउन्डेखले बक्तृत्वकला प्रतियोगिता गराड़ स्थानीय विद्यार्थीलाई सर्वोत्कृष्ट अबसर दिँदै आएको फाण्डेशनले यसपटक वक्तृत्वकला, कविता र शिल्पकलामा पनि अवसर दिने अभ्यासको शुरुआत गरेको फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।




