जनकपुरधाम- धनुषाको महेन्द्रनगरमा भएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधी नेपाल आर्मीले जित्न सफल भएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा सोमवार (फागुन १४ गते) संचालन भएको प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई २ का विरुद्ध ४ गोल प्रहार गरी उपाधी माथि कब्जा जमाउन नेपाल आर्मी सफल भएको छ।




शनिवार भएको फइनल खेलमा नेपाल आर्मीको तर्फबाट खेलको ३८औं मिनेटमा जर्सी नं. १३ का खेलाडी सिता माया बलले पहिलो र ४२औं मिनेटमा जर्सी नं. ७ का सीता खड्काले दोश्रो गोल गरी खेलमा अग्रता दिलाएका थिए ।

त्यसैगरी खेलको ४८ र ४९औं मिनेटमा लगातार मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जर्सी नं. ६ का खेलाडी मधु रसाइलीले लगातार दुई गोल फर्काएर खेललाई बराबरीमा पुर्याएका थिए ।

यसरी रामाञ्चल खेलको ५४औं मिनेटमा नेपाल आर्मीका जर्सी नं. ७ का सीमा खड्काले एक र ५८ औं मिनेटमा जर्सी नंं. १३ का खेलाडी सीतामाया बलले पुनः अर्को गोली गरी खेल २ का विरुद्ध ४ गोलले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराउँदै नेपाल आर्मीले जित्न सफल भएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिम नेपाल आर्मीलाई १ लाख ५० हजार र कप, द्वितीय हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी हुनेलाई कप सहित १ लाख तथा तृतीय हुने लुम्बिनी प्रदेश टिमलाई कप सहित ५० हजार नगद प्रदान गरिएको भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

त्यसैगरी प्रतियोगितामा प्लेयर अफ द म्याचको उपाधी नेपाल आर्मीका जर्सी नं. १३ का सीता माया बल, जर्सी नं. ९का सरस्वती तामांग, बेस्ट गोलकिपर नेपाल आर्मीको जर्सी नं. १ का कुसुमा राना मगर, बेस्ट डिफेन्डर मदन भण्डारी एकेडेमीका जर्सी नं. १२ का सपना सिंह, इमरजिंग प्लेयरको उपाधी लुम्बिनी प्रदेशका जर्सी नं. ७ का अनन्या बर्नवाललाई, हाइएस्ट स्कोरर नेपाल आर्मीका जर्सी नं. १३ का सीता माया बल, मदन भण्डारीका जर्सी नं. ६ का मधु राई र सुुदुर पश्चिमका जर्सी नं. ३ का बुलबुल कुमारीलाई प्रदान गरिएको नेपाल हक्की संघका अध्यक्ष अनिल शर्माले जानकारी दिए।

सोमवार देखि आइतवार सम्म चलेको यस प्रतियोगिताको उदघाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेका थिए भने समापन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलेले गरेका हुन् ।

प्रतियोगितामा कर्णाली बाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका टिम गरेर ८ टिमका १ सय ५० खेलाडी सहभागी रहेका थिए ।




