महोत्तरी(बर्दिवास) – आदिवासी जनजातिको पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्तरीको बर्दिवासमा विहिवार देखि चौथो आदिवासी जनजाति महोत्सव सुरु भएको छ।बर्दिवास नगरपालिका–१ गौतम होटलको उत्तरपट्टी नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीको आयोजनामा चैत ५ गते सम्म आयोजना हुने यस महोत्सवको उद्घाटन बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले पानसमा बत्ति बालेर गरेका छन् ।

महोत्सवको उदघाटन गर्दै मेयर क्षेत्रीले यस्ता महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रचार प्रसार तथा संरक्षण प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।महोत्सबमा आदिबासी जनजातीको भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरीएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीका अध्यक्ष धन नारायण श्रेष्ठले बताए। नौ जातजाती आदिवासी बसोबास गर्ने महोत्तरीमा सांस्कृतिक प्रवर्द्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध जनजातीको संस्कृति झल्किने सांस्कृतिक प्रदर्शन गरिने अध्यक्ष जोशीले बताए।




महोत्सवमा जनजातिका कला, संस्कृति, भेषभुषाको प्रदर्शनले विभिन्न जातजातिका संस्कार संस्कृतिको प्रबर्द्धन हुने र स्थानीय उत्पादनको बजारीकरणका लागि समेत महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष जोशीले बताए ।जिल्लामा बसोवास गरिरहेका ९ भन्दा बढी जनजातिको भेषभुषा, पहिरन र जातजातिका रहनसहन झल्काउने स्टल समेत महोत्सवमा राखिएको आयोजकले जनाएको छ ।१ सय ५० स्टल राखिएको महोत्सवमा स्टल भाडा लिन चाहने ब्यवसायीले रु १६ हजार देखी २० हजार तिरेर स्टल भाडा लिएका छन । स्टल भाडामा स्थानिय ब्यवसायीलाई २५ प्रतिशत छुट दिईएको छ ।

मेलामा आदिवासी जनजातिका विशेष प्रस्तुति,सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड् प्रस्तुति, रहेको आदिबासी जनजातीका महोत्तरी जिल्ला सचिब मनिस समालले बताए।मेलामा आदिबासी जनजातीको भेष भुषा प्रस्तुति, सांस्कृतिक नमूना धार्मिक एवं ऐतिहासिक स्टलको प्रदर्शनी, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ। महोत्सबको १ लाख ५० हजार मानिसले अबलोकन गर्ने अनुमान गरीएको छ ।
तस्बीरहरु :
आदिवासी जनजातिको पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बर्दिवासमा विहिवार देखि सुरु भएको चौथो आदिवासी जनजाति महोत्सवमा दुनुवार जातीको पहिचान झल्किने पहिरणमा लोक नृत्य प्रस्तुत गर्दै दुनुवार समुदायका कलाकारहरु । तस्बीर : अजय साह














