काठमाडौं । आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालयबीच सहमती भएको छ ।
मंगलबार साँझ गृहमन्त्री रवि लामिछाने र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा नेपाल सरकार, गृह मन्त्रालयको तर्फबाट र साहका तर्फबाट ३/३ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै साहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।
सहमतिमा मृतक आरती साहको हत्याबारे सीआइबीले फेरि अनुसन्धान गर्ने, अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पुन: अभियोजन गर्ने, परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने लगायत छन् ।
यस्तो छ सहमति





